काठमाडौं– रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसको जित भएको छ।
गाउँपालिका अध्यक्ष पदमा कांग्रेसका हरिबहादुर पुन निर्वाचित भएका छन्। उनले २ हजार ५५७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका रोशन कुमार वलीले २ हजार ४९९ मत प्राप्त गरे।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै अमृता कुमारी केसी निर्वाचित भएकी छिन्। उनले २ हजार ९०९ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी नुर्मला कुमारी वलीले २ हजार ४४२ मत ल्याउँदै पराजित भएकी छिन्।
गाउँपालिकाको वडा नम्बर ३ मा माओवादी केन्द्र, वडा नम्बर ६ मा नेकपा एमाले र बाँकी ५ वटै वडामा कांग्रेसको जित भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।