काठमाडौं– रोल्पाको दंगीशरण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसको जित भएको छ।
गाउँपालिका अध्यक्षमा कांग्रेसका शम्भु गिरी निर्वाचित भएका छन्। उनले ५ हजार ४६७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धीका रुपमा देखिएका नेकपा एमालेका मेघ नाध शाहले ४ हजार ४९ मत प्राप्त गर्दै पराजित भए।
त्यस्तै, गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै पिमा कुमारी वली निर्वाचित भएकी छिन्। उनले ४ हजार ५७९ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धीको रुपमा देखिएकी नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत ल्याउँदै पराजित भइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।