काठमाडौं– गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन्। त्यस्तै, उपाध्यक्षमा भने नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार ८१७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमालकुमार श्रेष्ठले ४ हजार ५४० मत ल्याएका छन।
उपाध्यक्षमा एमालेकी मिनादेवी गौतम ५ हजार ४५१ मतसहित निर्वाचित भइन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी दुर्गा ज्ञवालीले ४ हजार ६४६ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।