काठमाडौं– अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दीपा पोखरेल विजयी भएका छन्।
भट्टराईले आठ हजार दुई सय ८३ मत प्राप्त गरी विजयी भए। यसैगरी, गाउँपालिकाको उपाध्यक्षमा आठ हजार एक सय ५५ मतसहित पोखरेल विजयी भइन्।
मालारानीका नौ वडामध्ये सातवटा वडा, वडा नम्बर १, ३, ४, ५, ६, ७ र ८ मा एमाले विजयी भएको छ भने वडा नम्बर २ र ९ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।