काठमाडौं– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
एमालेका मानबहादुर राईले ३ हजार ८५ मत प्राप्त गरेर निर्वाचित भएका हुन्। नेपाली कांग्रेसका प्रदीप राईले २ हजार ३८२ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णकुमारी कडरिया निर्वाचित भएकी छन्। उनले २ हजार ३७६ मत प्राप्त गरिन।
उनी स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङभन्दा एकमत बढी ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।