काठमाडौं– सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले दोब्बर मतको अन्तरले अग्रता लिइरहेका छन्।
पछिल्लो सार्वजनिक मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार हमालले ६ हजार ८८२ मत प्राप्त गरेका छन्। उनलाई पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले पछ्याइरहेका छन्।
वडले ३ हजार ३८९ मत प्राप्त गरेका छन्। हमाल र उनको मतको अन्तर ३ हजार ४९३ रहेको छ।
नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले भने १ हजार ७३५ मत मात्रै प्राप्त गरेका छन्।
उपप्रमुखमा गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्तिकुमारी अधिकारी क्षेत्रीले २ हजार ९४० मत प्राप्त गरेकी छन् भने नेकपा एमालेकी कन्दकलाकुमारी रानाले २ हजार ८४५ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।