काठमाडौं– संखुवासभाको पाँचखपन नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
नेपाली कांग्रेसका विपीन राईले ४ हजार ७८८ मत ल्याएर निर्वाचित भए। नेकपा एमालेका हिन्दकुमार राईले ३ हजार ४३७ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका सुमुना श्रेष्ठ निर्वाचित भएकी छन्। उनले ३ हजार ८३४ मत प्राप्त गरिन् भने नेकपा एमालेकी अनिता न्यौपानेले ३ हजार ४८७ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।