काठमाडौं– विराटनगर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायमै राखेका छन्।
२० हजार ५१७ मत गणना हुँदा कोइरालाले ६ हजार ६०० मत प्राप्त गरेका छन्। नेकपा एमालेका सागरकुमार थापाले ४ हजार ८९१ मत प्राप्त गरेका छन्।
त्यहाँ स्वतन्त्र उम्मेदवार उमेश यादवले पनि २ हजार ८८ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने गठबन्धनका साझा उम्मेदवार भन्दा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले अग्रता कायम राखेकी छन्।
उनले ५ हजार ५७७ मत प्राप्त गरेकी छन् भने गठबन्धनका उम्मेदवार अमरेन्द्रप्रसाद यादवले ३ हजार ७८९ मत ल्याएका छन्। विराटनगरमा कूल खसेको ८९ हजार ६१७ मतमध्ये अझै ६९ हजार १५४ मत गणना गर्न बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।