काठमाडौं– सर्लाहीको बलरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी लोसपाका अभयकुमार सिंहले ३ हजार ६३१ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा पनि माओवादी केन्द्रकै कोशिला देवी ४ हजार ३५१ मत ल्याएर निर्वाचित भएकी छन्। लोसपाकी रागनी देवीले ३ हजार ७४० मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।