काठमाडौं– गण्डकी प्रदेशको बागलुङस्थित ढोरपाटन नगरपालिकाको प्रमुखमा नेकपा एमालेले जित हासिल गरेको छ। नेकपा एमालेका उम्मेदवार देब कुमार नेपाली नगर प्रमुखमा निर्वाचित भएका छन्।
नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दै चुनाव जिते। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रलाल अर्यालले ५ हजार १३५ मत प्राप्त गरे।
त्यस्तै, नगरपालिकाको उपप्रमुख पदमा कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका धनबहादुर कायत ५ हजार ६५० मत ल्याउँदै निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धिका रुपमा रहेकी एमालेकी तारा कुमारी पुनले ४ हजार ८८४ मत प्राप्त गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।