काठमाडौं– बाँकेको राप्ती सोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ। तर, ९ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले कुनै पनि वडा जित्न सकेन।
यहाँ वडाध्यक्षदेखि अन्य सदस्य समेत कांग्रेसबाहेकका पार्टीले जितेका छन्। कांग्रेसका तप्तबहादुर पौडेलले १० हजार ११२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर निर्वाचित भइन्। एमालेकी चमेलीकुमारी रोकायले ९ हजार ३४२ मत प्राप्त गरिन्।
नेकपा एमालेले ५ वडा वडामा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ३ वडा जितेको छ। एक वडा भने राप्रपाले जितेको छ। बाँकी वडा सदस्यमा बहुमत सदस्य नेकपा एमालेले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।