काठमाडौं– दैलेखको नारायण नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ।
प्रमुखमा नेकपा एमालेका लोमन शर्माले ५ हजार ४३६ मत ल्याएर निर्वाचित भएका हुन् भने नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापाले ५ हजार ३५७ मत प्राप्त गरिन्।
त्यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै तप्तकुमारी खड्काले ५ हजार ६७३ मत ल्याएर निर्वाचित भएकी छन्।
नेकपा एकीकृत समाजवादीकी सावित्री मल्लले ३ हजार ८३८ मत प्राप्त गरिन्। ११ वडा रहेको उक्त नगरपालिकामा नेकपा एमालेले ७ र नेपाली कांग्रेसले ४ वडा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।