काठमाडौं– काभ्रेको भुम्लु गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर भुजेल निर्वाचित भएका छन्। उनी ५ हजार ७९२ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमकुमार लामाले ४ हजार ५६८ मत प्राप्त गरे। यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ निर्वाचित भएका छन्। उनले ६ हजार ९८ मत प्राप्त गरे।
एमालेका कल्पनाकुमारी श्रेष्ठले ४ हजार २९ मत प्राप्त गरिन्। यो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।