काठमाडौं– गुल्मीको कालिगण्डकी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका वेदबहादुर थापा अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
थापा ४ हजार ८१० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धीका रुपमा रहेका नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याएका छन्।
यता गाउँपालिकाको उपाध्यक्ष पदमा भने एमालेले जित हात पारेको छ। एमालेकी मञ्जुकुमारी दर्लामी ४ हजार ४८४ मतसहित निर्वाचित भएकी छिन्। प्रतिस्पर्धीका तारा थापाले ४ हजार ३८४ मत ल्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।