काठमाडौं– अछामको तुर्माखाँद गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ।
नेकपा एमालेका डम्बर हादुर बिसीले ३ हजार ५२३ मत ल्याएर निर्वाचित भएका छन् भने नेपाली कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत ल्याएका छन्।
उपाध्यक्षमा पनि नेकपा एमालेकै बिमलाकुमारी शाहीले ३ हजार ५०१ मत ल्याएर निर्वाचित भइन् भने नेपाली कांग्रेसकी अनुजा कुमारी सिजापतिले ३ हजार ४५२ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।