जनकपुर– जनकपुरधाम नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार पाँचौं नम्बरमा परेका छन्।
पछिल्लो अपडेटअनुसार स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ३ हजार ९ सय ५६ मत ल्याउँदा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ८७६ मत ल्याएका छन्।
दोस्रो नम्बरमा एमालेका शिवशंकर साह हीरा २ हजार ८६ मतसहित पछ्याइरहेका रहेका छन्। तेस्रो नम्बरमा लोसपाका मनोज चौधरी १ हजार १ सय २६ र र चौथो नम्बरमा अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार १ सय १३ भोट ल्याएका छन्। मतगणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।