काठमाडौं– रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका उम्मेदवार पुष्प वादी ६ हजार ८८२ मतका साथ मेयरमा विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३११ मत ल्याए।
उपमेयरमा पनि माओवादी नै विजयी भएको छ। माओवादीकी उम्मेदवार इश्वरी कुमारी शर्मा (वि.एम.) ले ७ हजार २ मत ल्याइन् । उनका प्रतिस्पर्धी एमालेका टंक प्रसाद ओलीले ५ हजार ७४४ मत ल्याए।
चौरजहारीमा एमाले र कांग्रेसले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।