काठमाडौं- रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीले जितेको छ। सो नगरपालिकामा सोही पार्टीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर समेत हो। गत शुक्रबार उनले गौर नगरपालिका–१ स्थित कन्या प्राथमिक विद्यालयमा मतदान गरेका थिए।
गौर नगरपालिकामा एकीकृत समाजवादीका उम्मेदवार शम्भु साहले ६३८१ मत पाएका हुन्। उनलाई पछ्याएका लोसपाका अजयकुमार गुप्ताले ३७५५ मत पाए। त्यहाँ कांग्रेस उम्मेदवार मोहनकुमार यादवले ३२११ मत पाए। एमालेका अनिलकुमार मिश्रले भने ८१७ मत मात्रे पाउन सके।
उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साहले जितेकी छिन्। उनले ४८०९ मत पाइन्। उनलाई पछ्याएकी कांग्रेसकी शाहजान खातुनले ३६८५ मत पाइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।