काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत स्याङजा सबै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ।
५ वटा नगरपालिका र ६ वटा गाउँपालिका सहित स्याङजामा ११ वटा स्थानीय तह रहेका छन्।
६ वटा स्थानीय तहमा सत्तासिन दलले गठबंधन गरे पनि यो जिल्लामा कांग्रेसले ५ वटा पालिका र एमालेले ६ वटा पलिकामा जित हांसिल गरेका छन्।
अर्जुन चौपारी गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका र भिरकोट नगरपालिकामा कांग्रेसले पालिका प्रमुख जितेको छ।
२०७४ मा सम्पन्न निर्वाचनमा गल्याङ र पुतलीबजार नगरपालिकामा एमालेले जितेको थियो। र, बाँकी पालिकामा कांग्रेसले नै प्रमुख पदमा जित हांसिल गरेको थियो।
त्यस्तै, आँधीखोला गाउँपालिका, कालीगण्डकी गाउँपालिका, फेदीखोला गाउँपालिका, वालिङ नगरपालिका, विरुवा गाउँपालिका र हरीनास गाउँपालिकामा पालिका प्रमुख/अध्यक्ष जितेको छ। वालिङ नगरपालिका भने ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको थियो। र बाँकी पालिकाहरूमा एमाले निर्वाचित भएको थियो।
०७४ को तुलनामा कांग्रेसले एक पालिका बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।