चितवन- चितवनको सात पालिकामध्ये अहिलेसम्म चार पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
चारमध्ये तीन पालिका प्रमुखमा एमाले विजयी भएको छ भने एकमा कांग्रेसले जितेको छ। माडी, कालिका र इच्छाकामना गाउँपालिकामा एमाले जितेको हो।
गएको निर्वाचनमा इच्छाकामना कांग्रेसले जितेपनि यसपल्ट एमालेले खोसेको छ।
चितवनको खैरहनी नगरपालिकाको मेयरमा भने नेपाली कांग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन्। उनले एमालेका लालमणि चौधरीलाई पराजित गरेका हुन्।
खैरहनीमा २०७४ मा एमाले विजयी भएको थियो। यसपल्ट कांग्रेसले जित हात पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।