मोरङ- नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालको क्षेत्रमा पर्ने मोरङको सुनवर्षी नगरपालिकामा एमालेले पहिलो पटक जित हासिल गरेको छ। नगर प्रमुखमा एमालेका श्याम राजवंशी र उपमेयरमा मिरादेवी दास केवरत विजयी भएका हुन्।
राजवंशीले ८ हजार ६ सय ३९ मतले विजयी दर्ता गर्दा कांग्रेसका यज्ञ कार्कीले ६ हजार ९५२ मत ल्याए। उपमेयरमा एमालेकी केवरतले ८ हजार ३ सय ८३ मत ल्याइन् भने कांग्रेसकी विमलादेवी केवरतले ७ हजार ४२७ मत पाइन्।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो। कांग्रेसको गढ मानिने यो क्षेत्रबाट गिरिजाप्रसाद कोइरालाले समेत चुनाव जितेका थिए। अहिले रिजाल त्यहीँबाट सांसद छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।