काठमाडौं- सोलुखुम्बु जिल्लामा स्थानीय तह निर्वाचनको मतगणना सम्पन्न भएको छ। एक नगरपालिका र सातवटा गाउँपालिका रहेको यो हिमाली जिल्लामा नेपाली कांग्रेसले नगरपालिका सहित पाँच पालिका, एमालेले दुई पालिका र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेका छन्।
सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, नेचासल्यान गाउँपालिका, लिखु पिक गाउँपालिका, र सोलुदुधकुण्ड नगरपालीकामा नेपाली कांग्रेसले पालिका प्रमुखमा जित हासिल गरेको छ। २०७४ को निर्वाचनमा महाकुलुङ गाउँपालिका र लिखु पिक गाउँपालिका माओवादी केन्द्रले जितेको थियो। त्यस्तै, नेचासल्यानमा र सोताङमा नेकपा एमालेले जितेको थियो। एक मात्र नगरपालिकामा भने कांग्रेसकै नेतृत्व थियो।
त्यस्तै एमालेले, खुम्बु पासाङल्हामु र माप्य दुधकोशी गाउँपालिकामा जित हासिल गरेको छ। अघिल्लो निर्वाचनमा पनि यी पालिकामा एमालेले जितेको थियो।
यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पद जितेको छ। ०७४ को निर्वाचनमा पनि यो पालिका माओवादी केन्द्रले नै जितेको थियो।
समग्रमा, सोलुखुम्बुमा कांग्रेसले अघिल्लो निर्वाचनमा भन्दा वैशाख ३० को निर्वाचनमा ४ वटा पलिकामा थप जित हासिल गरेको छ। तर एमाले र माओवादीले भने समान २ पालिका गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।