काठमाडौं- वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको छ। राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता बनाइरहेका छन्।
४७ हजार ४ मत गणना हुँदा साहले १८ हजार २३७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ९ हजार ५१७ मतसहित पछ्याइरहेका छन्।
तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् उनले ८ हजार ५३७ मत ल्याएकी छन् ।
बालेनले दोस्रो स्थानका स्थापितसँग ८ हजार ७२० मतान्तर कायम राखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।