सप्तरी–सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टी तथा उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएका छन्।
प्रमुखमा जनमतका वीरेन्द्र माझी र उपप्रमुखमा समाजवादीकी सरितादेवी यादव निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार माझीले ६ हजार ४०७ तथा उनका निकटतम प्रतिद्वन्द्वी समाजवादीका शैलेशकुमार साहले ६ हजार २४६ मत प्राप्त गरे। साह निवर्तमान नगरप्रमुख हुन्।
उपप्रमुखमा जसपाकी यादवले ६ हजार ५१२ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीकी रेखादेवी मण्डलले पाँच हजार ९८२ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।