दोलखा–दोेलखाको गौरीशंकर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा विश्वास कार्की र उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका हुन्। उनीहरुले एमालेका जङ्ग गुरुङ र मुना शिवाकोटीलाई पराजित गरेका हुन्। कार्की चार हजार ७५१ मतसहित कार्की भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गुरुङले तीन हजार ७५७ मत प्राप्त गरे।
उपाध्यक्षमा तामाङले चार हजार ७४१ मत प्राप्त गरे भने प्रत्यासी शिवाकोटीले तीन हजार २८१ मत प्राप्त गरिन्। नौ वडा रहेको गौरीशंकरमा एमालेले वडा नं ५ मा मात्र वडाध्यक्ष जितेको छ। वडा नं ४, ६ र ९ मा कांग्रेस तथा वडा नं १, २, ३, ७ र ८ मा माओवादी केन्द्र विजयी भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।