काठमाडौं–महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तह निर्वाचनमा खाता खोलेको छ। लोसपाका उम्मेदवार सुनीलकुमार मण्डलले सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष जित्दै पार्टीलाई पहिलो प्रमुख पद दिलाए।
मण्डलले ४ हजार ५७० मत ल्याउदै अध्यक्षमा जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका दीपककुमार यादवले २ हजार २०५ मत ल्याए। उपाध्यक्ष पनि लोसपाले जितेको छ। लोसपाकी अर्चनाकुमारी यादवले ३ हजार ८६७ मत ल्याएर उपप्रमुख जितिन् । उपाध्यक्षमा यादवले कांग्रेसकी उम्मेदवार सुष्माकुमारी मंडललाई पराजित गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।