काठमाडौं–११ उपमहानगरमध्ये नेकपा माओवादीले पहिलो जित हात पारेको छ। सत्ता गठबन्धन बाँडफाँडअन्तर्गत माओवादीको भागमा परेको बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको हो।
माओवादी केन्द्रमा उम्मेदवार राजन पौडेलले प्रमुखमा जित हात पारेका हुन्। पौडेल १८ हजार ७४३ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती चौधरीले १७ हजार ७ सय ७९ मत पाइन्।
उपप्रमुखमा भने एमालेले जितेको छ। एमालेका भोलाप्रसाद अधिकारीले १७ हजार ४ सय ९२ मत पाए। गठबन्धनमा उपमेयर नेपाली कांग्रेसको भागमा परे पनि जित हात पार्न सफल भएन। नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५ हजार ८४२ मत ल्याएर निकटतम प्रतिस्पर्धीमा चित्त बुझाइन्।
यसअघि यो उपमहानगरपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो। तत्कालीन समयमा पौडेल तेस्रो भएका थिए। तर यस पटक उनले गठबन्धनको उम्मेदवार बन्दै जित हात पारेका छन्।
११ उपमहानगरपालिकामध्ये माओवादीले पहिलो पटक प्रमुख जितेको हो। यसअघि माओवादील कुनै पनि उपमहानगरमा प्रमुख÷उपप्रमुख जितेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।