रामग्रामको उपप्रमुखमा निर्वाचित सम्झना चौधरी। काठमाडौं–नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिका प्रमुखमा एमालेले जित हासिल गरेको छ। ७ हजार ८२४ मतसहित एमालेका धनपत यादव प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका नरेन्द्र गुप्ताले ६ हजार २६७ ल्याए।
उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी निर्वाचित भएकी छन्। उनले ६ हजार ५८२ मत ल्याएर निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी एमालेकी लक्ष्मी क्षेत्रीले ६ हजार ४६३ ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।