काठमाडौं- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका एमालेले कांग्रेसबाट खोसेको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले जितेको यो नगरपालिकामा यसपटक एमालेले बहुमत वडासहित जित हासिल गरेको छ।
मेयरमा एमालेका भीमलाल अधिकारी १६ हजार २१२ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिश्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६४५ पाए।
उपमेयरमा एमालेकी पूर्णकला चौधरी १६ हजार १०५ मत पाएर विजयी भइन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी टीकाकुमारी महतोले १४ हजार ५६४ मत पाइन्।
यो नगरपालिकाको १० वटा वडामा एमालेले जित्दा कांग्रेस ५ वटा वडामा खुम्चिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।