स्याङ्जा– स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।
प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका हुन्। उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा उनकाका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याइन्।
कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन्।
चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।