काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा बासुदेव थापा र उपप्रमुखमा सरिता भट्टराई तिमिल्सिना निर्वाचित भएका हुन्।
प्रमुखमा निर्वाचित थापाले १४ हजार ७५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निशान ढुंगेलले १३ हजार २३२ मत प्राप्त गरे।
त्यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सिनाले १४ हजार ४९० मत प्राप्त गरिन्। नेकपा एकीकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ६ हजार ६६१ मत प्राप्त गरे।
१० वडा रहेको सूर्यविनायकमा एमालेले ५ वडा जितेको छ। नेपाली कांग्रेसले पनि ५ वडामा जित निकालेको छ। यस नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।