काठमाडौं– गोरखाको गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ।
माओवादी केन्द्रका कृष्णबहादुर रानाले ८ हजार ९६४ मत ल्याएर प्रमुखमा विजयी भएका हुन्।
नेपाली कांग्रेसका राजनराज पन्तले ७ हजार १०८ मत प्राप्त गरे। नेकपा एमालेकी सम्झना देवकोटाले ४ हजार ९०९ मत प्राप्त गरिन्।
उपप्रमुखमा नेपाली कांग्रेसकी मसली माया थोकर पुन निर्वाचित भएकी छन्। उनले ७ हजार ४५३ मत प्राप्त गरिन् भने गठबन्धनका तर्फबाट जसपाका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे।
नेकपा एमालेकी देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।