काठमाडौं- काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएका छन्।
मेयरमा कांग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मत ल्याएर निर्वाचित भए। निकटतम् प्रतिश्पर्धी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत प्राप्त गरे।
उपमेयरमा भने एमाले विजयी भएको छ। एमालेका विमला सापकोटा दाहालले ११ हजार ९९२ मत पाउँदा निकटतम् प्रतिश्पर्धी एकीकृत समाजवादीका रगुबर चौ प्रधानले १० हजार ५१५ मत प्राप्त गरे। यो नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए।
१४ वडा रहेको नगरपालिकामा सात वटामा एमाले र ६ वटामा कांग्रेसले जित हासिल गरे। एकीकृत समाजवादीले एउटा वडा जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।