झापा– झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ। प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित भए।
पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गरे। उनले १२ हजार ५२५ मत प्राप्त गरे। राजवंशीले नौ हजार ७५९ मत ल्याए। राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गरे।
नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाए।
भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो।
झापाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।