काठमाडौं– रुपन्देहीको रोहिणी गाउँपालिका अध्यक्षमा जसपाका विद्याप्रसाद यादव निर्वाचित भएका छन्। उनले राप्रपाका ताहिर अलि भाटलाई पराजित गरे।
जसपाका यादवले ७ हजार ४९६ मत पाएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी भाटले ६ हजार ४५८ मत पाएका छन्।
उपाध्यक्षमा राप्रपाले बाजी मारेको छ। राप्रपाकी शिवकान्ती चमार ६ हजार १५४ मतसहित निर्वाचित भइन्। उनको प्रमुख प्रतिद्वन्द्वी जसपाकै रिमा मिश्रले ५ हजार ९०२ मत पाइन्।
गाउँपालिकाको बहुमत वडामा भने राप्रपाले विजय हासिल गरेको छ। राप्रपाले चार वटा वडामा जित हासिल गर्दा कांग्रेसले दुई र जसपाले एउटामा मात्र जित हात पारेका छन्।
रुपन्देहीका सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा पनि कडा टक्कर दिएको थियो। तर, यी दुवै पालिकाका प्रमुख पदमा राप्रपा उपविजेतामै सीमित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।