काठमाडौं– सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी भएका छन्। मेडिकल चिकित्सक यादव ११ हजार १४३ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले ८ हजार ७३२ मत ल्याएका छन्। मेयरमा निर्वाचित डा यादव नेकपा एमालेका नेता हेमनारायण यादव छोरा हुन्। हेमनारायण २०६० साल माघ १९ गते मारिएका थिए।
सिरहाका निवर्तमान मेयर तथा जसपाका उम्मेदवार अशेश्वर यादव भने तेस्रो स्थानमा धकेलिए। उनले ७ हजार ७५२ मत पाए।
उपमेयरमा एमालेकै वविताकुमारी साह विजयी भएकी छन्। उनले १० हजार १२६ मत ल्याइन्।
डा यादव सिरहा सदरमुकाममा क्लिनिक चलाउनुका साथै राजनीतिमा सक्रिय छन्। उनी नेकपा एमालेबाट २०७४ को निर्वाचनमा पनि मेयरमा उम्मेदवार थिए, तर पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।