काठमाडौं– खसेकोभन्दा ४ वटा मत बढी भेटिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाको मतगणना रोकिएको छ।
कमलामाई नगरपालिकाको १३ नम्बर वडाको मत गणना भइरहेको बेला खसेकोभन्दा ४ वटा मत बढी भएपछि मत गणना रोकिएको हो।
मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत भेटिएपछि मतगणना रोकिएको र छलफल गरेर टुंगो लागेपछि गणना प्रक्रिया सुरु हुने बताइएको छ।
कमलामाईमा कांग्रेस र माओवादीले गठबन्धन गरेर उम्मेदवारी दिएका छन्। मेयरमा कांग्रेसले अग्रता लिएको छ भने उपपमेयरमा एमालले अग्रता लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।