झापा– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको वडामा कांग्रेस पराजित भएको छ। सिटौलाले मतदान गरेको भद्रपुर नगरपालिका वडा नम्बर १० मा एमालेका उम्मेदवार टेकबहादुर खड्का वडाध्यक्षमा विजयी भएका छन्।
वडाध्यक्षमा विजयी भएका टेकबहादुरले १ हजार ४८० मत ल्याए। कांग्रेस उमेदवार विष्णुप्रसाद काफ्लेले १ हजार १७१ मत मात्र प्राप्त गरे। राप्रपाका खेमराज भट्टराईले ७०६ मत ल्याए।
नगरपालिका भने कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार गणेश पोखरेलले १२ हजार ५२५ मत पाए भने एमालेका असारु राजवंशीले ९ हजार ७ य ५९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।