काठमाडौं– बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट अध्यक्षमा माओवादीका डम्बर बहादुर बिक १० हजार ७९० मत प्राप्त गर्दै विजयी भए।
उपाध्यक्षमा नेपाली कांग्रेसकी मन्जु मल्ल १० हजार ३४ मत प्राप्त गरेर निर्वाचित भइन्।
अध्यक्षमा प्रत्यासी एमालेका सुमन मल्लले ९ हजार १३७ मत प्राप्त गरे। भने उपाध्यक्षमा एमालेका ताजरुन निसाले ८ हजार ११ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।