काठमाडौं– सिके राउत नेतृत्वको जनमत पार्टी (जपा)ले दोस्रो पालिकामा जित निकालेको छ। यसअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा जित निकालेको जपाले सप्तरीकै वलान विहुल गाउँपालिकामा जित निकालेको छ। जपाले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जित निकालेको हो।
जपाका खेम चन्द्र यादव गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले २ हजार ९९४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवीन कुमार झाले २ हजार २४७ मत ल्याउँदै पराजित भएका छन्।
गाउँपालिकाको उपाध्यक्ष पदमा पनि जपाकै रेणु यादव निर्वाचित भएकी छन्। यादव २ हजार ६९० मत ल्याउँदै निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी आश देवी मंडलले २ हजार ३०४ मत प्राप्त गर्दै पराजित भएकी छन्।
गाउँपालिकामा भएका ६ वटा वडामध्ये वडा नम्बर १ र ३ मा जपा, २ र ४ मा नेपाली कांग्रेस, वडा नम्बर ५ मा जनता समाजवादी पार्टी र वडा नम्बर ६ मा एमालेले जीत निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।