तनहुँ- तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन्।
हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका बैकुण्ठ न्यौपानेले ८६१ मत प्राप्त गरेका छन्।
उपप्रमुखमा नेकपा एमालेका बसुन्धरा घर्तीले अग्रता लिएकी छन्। घर्तीले एक हजार ३४ मत प्राप्त गर्दा प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्दिरा दरैले ९६५ मत प्राप्त गरेकी छन्। चौध वडामध्ये व्यासका वडा नं १, २, ३ र ४ को मतगणना भइरहेको छ।
व्यासमा कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले नेकपा (एमाले)सँग चुनावी तालमेल गरी स्वतन्त्र उमेदवार बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।