काठमाडौं– काठमाडौं महानगरको मेयर पदका स्वतन्त्र उम्मेदार बालेन्द्र शाहको समर्थनमा ‘लौरो टेकौंला’ गीत सार्वजनिक गरिएको छ।
शाहका समर्थकहरूले ‘लौरो टेकौंला’ बोलको गीत निकालेका हुन्। उमेश राउतले लेखेको गीतमा लेखु सहयात्रीले संगीत दिएका छन्। गीतमा लेखु सहयात्री, उमेश राउत, विक्रम राई र विसन आचार्यले सामूहिक गायन गरेका छन्।
विसम आचार्यले संगीत संयोजन गरेको गीतमा बालेन एक सोच, जोस, आस र युगको खोज भएको उल्लेख गरिएको छ। भिडियोमा भने चुनावी प्रचारका क्रममा लिइएका बालेनका भिडियो फुटेज प्रयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।