काठमाडौं–अभिनेत्री बेनिशा हमाल अभिनित फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ सार्वजनिक भएको छ। गीतमा बेनिशा हट लुक्समा प्रस्तुत भएकी छिन्।
गीतको शब्द पुरुषोत्तम ढुंगानाको रहेको छ भने यसमा आवाज दिक्षा जे थापा र सुरज शाही ठकुरीको रहेको छ। गीतमा संगीत किरण भुसालले दिएका छन्।
गीतको भिडियोमा बेनिशा र अभिनेता तेज गिरीलाई देख्न सकिन्छ। बारमा खिचिएको गीतको कोरियोग्राफी नृत्य समूह ‘द वइल्ड रिप्पर्ज क्य्रु’ले गरेको छ।
‘तरबार’ समावेश रहेको फिल्म ‘प्रेमगञ्ज’लाई परिच्छेद सेनले निर्देशन गरेका छन्। फिल्मको कथा तथा पटकथा पनि निर्देशक आफैंले लेखेका छन्।
यो फिल्ममा बेनिशा र तेजसँगै सम्पदा बानियाको अभिनय छ भने राइडर प्रशान, सुप्रिया खनाल र सिम्रन खड्काले यहि फिल्ममार्फत डेब्यु अभिनय गर्दैछन्। फिल्ममा अभिनेत्री सुरक्षा पन्तको क्यामियो भूमिका र बाल कलाकार आयुषी ढकालको पनि अभिनय छ।
चलचित्र चौतारीको ब्यानरमा बनेको फिल्म राजु फुयालको प्रस्तुती हो। फिल्म भदौं ३ गते नेपालभर प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।