काठमाडौं– बेलाबखत चर्चाको विषय बने पनि औपचारिक रुपमा नखुलेको गायक नितेशजंग कुँवर र गायिका समृद्धि राईको प्रेम अब भने सार्वजनिक भएको छ।
गायक कुँवरले सामाजिक सञ्जालमार्फत एकअर्काको तस्बिर सार्वजनिक गर्दै उनीहरु बीच ‘हल्ला’ बनेको प्रेम सम्बन्धलाई औपचारिक रुपमै पुष्टि गरेका हुन्।
नितेशले इन्स्टाग्राममार्फत आफ्नो र समृद्धिको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘मेरी रानी सँग (विथ माई क्वीन)’। यता नितेशकी ‘रानी’ समृद्धिले पनि उक्त स्टोरीलाई सेयर गरेकी छिन्।
युवापुस्तामाझमा निकै चर्चित रहेका यी दुवै अहिले संगीत क्षेत्रमा चर्चित छन्। समृद्धिले केही समयसम्म पत्रकारिता त केही समय मोडलिङ समेत गरेकी छिन् भने पछिल्लो समय उनी भ्लगिङ र गायनमा सक्रिय छिन्।
यता गायक कुँवर भने युवापुस्तामाझमा निकै चर्चित गायक हुन्। उनका ‘हाम्रो नेपालमा’, ‘फ्लटी माया’, ‘आश्मा’जस्ता गीतहरू निकै चर्चित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।