काठमाडौं– लैनसिंह वाङदेलको ‘लंगडाको साथी’ माथि आधारित रहेर बनेको फिल्म ‘अभिन्न’को गीत ‘मान्छे’ सार्वजनिक भएको छ। वरिष्ठ संगीतकार रञ्जित गजमेरको संगीतमा रहेको गीत बिहीबार सार्वजनिक भएको हो।
गीतलाई राजिव सुनारले गाएका छन्। गीतको शब्द फिल्मका निर्देशक प्रशान्त रसाइलीकै रहेको छ। गीतको भिडियोमा फिल्मका अभिनेता कर्मा फिचर्ड छन्।
‘वाङ्गदेल एण्ड साक्य प्रोडक्सन’को ब्यानरमा बनेको यो फिल्मलाई विभाकर शाक्यले निर्माण गरेका छन्। फिल्ममा युमि केसी, सरन केसी, अनामिक बास्तोला, सुधिर बास्तोलालगायतको पनि लगानी रहेको छ।
हेर्नुहोस् गीतः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।