• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
वाम गठबन्धनको चर्चा : रणनीतिक अस्त्रमात्रै कि सम्भावना पनि? 
64x64
बीपी अनमोल बिहीबार, जेठ १९, २०७९  २१:५५
1140x725

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार कांग्रेसलाई ठेगान लगाउने चेतावनी दिए। उनले भने, ‘कांग्रेसमा एमालेजस्तै दम्भ र अहंकार आयो भने त्यसका लागि फेरि पनि विद्रोह गर्ने दिन आउनेछ।’

पार्टीको एक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गठबन्धनको बैठकमा पनि यो विषयलाई गम्भीर रूपले उठाइएको बताए। प्रचण्डको यो अभिव्यक्तिमा पाँच दलीय गठबन्धनका संयोजक रामचन्द्र पौडेलले ‘कांग्रेसले आफू हारेर पनि देश र जनतालाई जोगाउने गरेको’ जवाफ फर्काए। 

गठबन्धनको बैठक भोलिपल्ट सार्वजनिक रुपमा भएका यी क्रिया–प्रतिक्रियाले धेरैलाई गठबन्धनको समिकरण परिवर्तन हुन सक्ने आशंका पैदा भयो। यसैमा अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरुलाई प्रधानमन्त्रीको अफर आइरहेको दाबी गरे। अफरको स्रोत नखुलाए पनि सम्भावित स्रोतका रुपमा धेरैले नेकपा एमालेलाई बुझे। 

बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट पहिलोबाट दोस्रो दलको हैसियतमा पुगेको एमालेले फेरि वाम गठबन्धनको प्रयास गरेको हुनसक्ने धेरैको अनुमान छ।  यस विषयमा एमालेका नेताहरु भने अनभिज्ञ देखिएका छन्।  

एमालेले सत्ता गठबन्धन तोड्नकै लागि प्रधानमन्त्रीको अफर गरेको भन्ने विषयमा समेत सत्यता नभएको नेकपा एमालेका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङ बताउँछन्।

‘प्रधानमन्त्रीकै प्रस्ताव गरिसकेको भन्ने मलाई लाग्दैन। ओली, प्रचण्ड र नेपालबीच भेट भएको छैन,’उनले भने, ‘कुनै तहबाट नेताहरुबीच केही कुराकानी भएर ती विषय बाहिरिएका होलान्।’ उनले विगतमा पनि यी विषयमा चर्चा हुँदै आएको तर कहिल्यै पुष्टि हुन नसकेको बताए। 

नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल अबको राजनीतिक कोर्स विषयमा दलहरुबीच सामान्य अनौपचारिक छलफल भएको तर गठबन्धनकै धार फेरिने तहमा कुरा नभएको बताउँछन्।  ‘तुरुन्तै वाम गठबन्धन हुने सम्भावना देखिन्न। तर, निषेध गर्ने भन्ने कुरा पनि हुँदैन,’ उनले भने, ‘वामगठबन्धन मात्रै होइन वाम एकता गरेरै जानुपर्छ भनेर नेकपा बनेको नै हो। फेरि पनि आफूहरु त एकताकै पक्षमा छौं।’

अन्तर्घातमा अलमलिएको एमाले

Ncell 2
Ncell 2

२०७४ को स्थानीय तहको निर्वाचनबाट २६६ स्थानीयतहमा मात्रै प्रमुख÷अध्यक्ष जितेको नेपाली कांग्रेसले ७५२ स्थानीय तहमा ३२९ तहमा प्रमुख÷अध्यक्ष जितेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा २९४ पालिकाको नेतृत्व गरेको दल नेकपा एमाले भने अहिले २०५ मा समेटिएको छ। नेकपा माओवादी केन्द्रले १०६ वाट १५ सिट बढाएर १२१ पु¥याएको छ। नेकपा एकीकृत समाजवादीले ३३ तहमा प्रमुख÷अध्यक्ष जितेको छ। 

निर्वाचन अघिसम्म नेकपा एमालेले आफ्नो पार्टीले नै बहुमत ल्याउने र पहिलो हुने दाबी गरेको थियो। तर, निर्वाचनको परिणाम अपेक्षित हुन गएन। ‘लोकप्रिय मत’ आफूले नै पाएको दाबी गरेर चित्त बुझाएको एमालेले बाह्य रुपमा गठबन्धनको शक्ति स्वीकार्न आनाकानी गरिरहेको छ। बरु सत्ता गठबन्धनले निर्वाचनमा राज्यसत्ताको दुरूपयोग गरेको तथा धम्की दिएको आरोप अध्यक्ष ओलीले लगाएका छन्। हारको महत्पूर्ण कारण भने अन्तर्घात रहेको बताउन थालेका छन्। पार्टी संसदीय दलको बैठकमा भोट क्रस गर्ने ‘खराब ट्रेन्ड’ देखिएको बताएका उनले बिहीबार आफ्नै नेताबाट चुनौती रहेको बताएका छन्। 

स्थानीय तहको निर्वाचनको समीक्षा नसकिदै संघीय निर्वाचनको तयारी थालिसकेको छ सत्ता गठबन्धनले। राजनीतकि कोर्स स्थिर नभएकाले सकेसम्म चाँडो गठबन्धनको लाभ लिइहाल्ने लयमा कांग्रेस लागेको छ। सत्ता गठबन्धनको बैठकमा मंसिरभित्र चुनाव गरिसक्नुपर्ने विषयले प्रवेश पाउनु त्यसैको एउटा उदाहरण हो। 

आ–आफ्नै रणनीतिक अभ्यास
स्थानीय निर्वाचनको मत परिणामले एमालेलाई झस्काएको छ। आफ्नो साइज घटेको दुःखलाई नेकपा एकीकृत समाजवादीको ‘साइज’को मल्हम लगाइरहेको देखिन्छ। एमालेका नेताहरु पार्टी फुटेको नभइ चोइटिएको यसले प्रमाणित गरेको बताउँछन्। यो निर्वाचनले भूइँ, धरातल र हैसियत देखाएको दाबी गर्छन्। 

एमालेले स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्र गडबडी ल्याउने कोशिस गरेको हो। केही स्थानीय तहमा सफलता हासिलसमेत भएको छ। अहिले जिल्ला समन्वय समिति गठनमा समेत त्यसरी नै खेलिरहेको छ। 

यसरी हेर्दा एमाले सत्ता गठबन्धन तोड्नमा सक्रिय छ। तर जोड्नमा भने अझै रुचि नदेखाएको संकेत एमाले नेताहरुका अभिव्यक्तिहरुले दिइरहेका छन्।  ओली आफैंले गठबन्धनलाई ‘वैशाखी’को संज्ञा दिइरहेका छन्। उनले केही दिनअघि सत्ता गठबन्धनलाई कटाक्ष गर्दै भने, ‘यो म्याराथनमा एमाले वैशाखी टेकेर होइन, आफ्नै खुट्टाले दौडिएर आएको हो। यो पार्टीलाई सिध्याउँछु, समाप्त पारिदिन्छु र गायब पार्छु भन्ने?’

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीको अध्यक्ष नेपाल आफूहरुलाई प्रधानमन्त्रीको अफर आइरहेको बताउँछन्। उनीहरुले गठबन्धनका लागि भन्दा पनि वर्तमान सत्ता गठबन्धनलाई तोड्ने प्रयासका रुपमा यसलाई लिएको बताउँछन्। 

अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइरहेको भन्दै उनले प्रधानमन्त्रीको समेत प्रस्ताव आइरहेको प्रष्ट्याएका थिए। ‘प्रचण्डजीले एउटा कार्यक्रममा प्रधानमन्त्रीको अफर आयो भन्नुभएको थियो, त्यसको जवाफमा मैले तपाईंलाई मात्र हैन, अन्त पनि आएको छ भनेर संकेत गरेको थिएँ,’ उनले भने, ‘यो कार्ड मान्छेलाई मुर्ख बनाउने तरिका हो । म कुनै प्रकारको प्रलोभन र लालचमा पर्ने मान्छे हैन।’

‘प्रधानमन्त्रीको अफर’को स्रोत नखुले पनि यसलाई एमालेको रणनीतिका रुपमा बुझ्न सकिन्छ। साथै स्रोतविहीन प्रधानमन्त्रीको अफरका विषयमा प्रचण्ड–नेपालले दिइरहेका अभिव्यक्ति पनि रणनीतिकै अंश हुन्। स्थानीय तहको निर्वाचनमा कांग्रेसकै अनुपातमा गठबन्धनका लाभ लिन नसकेका उनीहरु संघीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई गठबन्धनप्रति प्रतिबद्ध बनाउन चाहन्छन्। 

त्यही रणनीतिअन्तर्गत प्रचण्डले बुधबार कांग्रेसलाई एकसरो धम्की दिएका हुन्। आफूहरुले मिहिनेत गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए पनि अहिले कांग्रेसमा देखिएको अहंकारले चिन्तित बनाएको प्रचण्डले उल्लेख गरे। यो लाइनबाट पुरानो गुन स्मरण गराएका प्रचण्डले ‘एमालेलाई जस्तै ठेगान लगाउने’ भनेर भविष्यका लागि झस्काइदिए।

एमाले उपमहासचिव गुरूङ पनि कम्युनिष्ट पार्टीहरूले एककदम अगाडि र दुई कदम पछाडि गएर पनि सोच्नुपर्ने बताउँछन्। ‘राजनीतिलाई अग्रगमनको बाटोमा अगाडि लैजान गठबन्धन गर्नुपर्छ,’ उनी भन्छन्, ‘हिजो एक भइसकेको पार्टी शीर्ष नेताहरुलाई विभिन्न शक्तिहरुले तोड्ने प्रयास गरेपछि यस्तो भएको हो।’ उनले आफूले पुनः वाम एकताको लागि पहल अघि बढाउने बताए।

वाम गठबन्धन वा चुनावी तालमेलका लागि एमाले अध्यक्ष ओलीले गरेको प्रतिनिधि सभा विघटनको विषय सबैभन्दा अगाडि आइपुग्छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘आत्मालोचना’ खोज्नेछन्। माओवादी केन्द्रका नेता लिलामणि पोखरेल भन्छन्, ‘सैद्धान्तिक रुपमा निषेध गरेका छैनौं। तर, व्यावहारिक रुपमा आत्मालोचना त हुनुप¥यो नि। उनीहरुले पार्टीभित्र कम्तिमा मूल्यांकन गर्न सके नयाँ हिसाबले जान सकिन्छ।’ संविधान र संसद्को रक्षाका लागि मात्रै नेपाली कांग्रेससँग गठबन्धन भएको भन्दै उनले उसँग वामशक्तिको दृष्टिकोण र विचार नै नमिल्ने बताए।

 तर, एमाले अध्यक्ष ओली भने आफ्नो उक्त कदममा अडिग छन्। ‘सकिने तर सम्झौता नगर्ने’ उनको वर्तमान स्वभावले वाम गठबन्धनको पुनरावृत्तिको सम्भावना बलियो देखिदैन। 
 

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड नेपाल समृद्ध उन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय उत्पादन, घरेलु उद्योग र आत्मनिर्भर कृषि प्रणाली अपन... शुक्रबार, जेठ ९, २०८२
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन जनकपुरमा शुक्रवार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले लागुऔषध नियन्त्रण जरुरी रहेको बताएका हुन्। शुक्रबार, जेठ ९, २०८२
सर्वोच्चमा रवि र छविका रिटमाथि आज पनि सुनुवाइ पूर्वगृहमन्त्री लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको रिटमा पनि सुवेदी र ढकालको इजलासमा सुनुवाइ चलिरहेको छ । शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति शुक्रबार, जेठ ९, २०८२
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस शुक्रबार, जेठ ९, २०८२
जापानमा चामलको मूल्यमा उच्च वृद्धि शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड शुक्रबार, जेठ ९, २०८२
युक्रेनी ड्रोन आक्रमण : लगातार तेस्रो रात पनि मस्कोका विमानस्थलहरू बन्द शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्