• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ ९, २०८२ Fri, May 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
मानव–वन्यजन्तु द्वन्द्वको विषय संसद्‌मा, सरकार भन्छ–नागरिकको जीवन रक्षाका लागि ठोस कार्यक्रम गर्न क्रियाशील छौं
64x64
बीपी अनमोल मंगलबार, जेठ २४, २०७९  २०:३८
1140x725

काठमाडौं– सोमबार बिहान बर्दियाको मधुवन नगरपालिका–२ सोनाहकी ४१ वर्षीया अस्मिता थारू खेतबारीमा काम गरिरहेका बेला बाघको आक्रमणमा परेर घाइते भइन्।

घटनापछि बाघ लगायत वन्यजन्तुबाट हुने आक्रमणलाई नियन्त्रण गरिनुपर्ने, तारजालीको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै स्थानीयले आन्दोलन गरी हुलाकी राजमार्ग अवरुद्ध गराए। आन्दोलनले उग्ररूप लिएपछि भीडमा प्रहरीले गोली चलायो। प्रहरीको गोली लाग्दा स्थानीय महिला नविना थारुको मृत्यु भयो। 

उक्त घटनाले मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रवेश पाएको छ। बैठकमा बर्दियाबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेकी सांसद बिमला विकले घटनाको छानबिन गर्न माग गरिन्। उनले प्रहरीले गोली चलाउनुपर्ने कारण नहुँदा नहुँदै पनि गोली चलाइएको आरोप लगाइन्। साथै नागरिकले वन्यजन्तुको आक्रमणबाट जीउज्यान रक्षाको माग गर्दा सरकारले गोली चलाएर मारेको उनको आरोप थियो। 

जवाफमा गृहमन्त्री बालकृष्ण खाणले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन भइसकेको र सत्यतथ्य आएमा दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाए। उनले बर्दियाका प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नै नदिइ गोली चलेको प्रष्ट पारेका छन्।

बर्दिया मात्रै होइन नेपालमा रहेका राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रअन्तर्गत रहेका मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दो छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणमा परेर नागरिकले ज्यान गुमाइरहेका छन्। भने कति घाइते भएको अवस्था छ। अधिकांश ठाउँमा वन्यजन्तु पनि मारिने गरेको देखिन्छ। 

यतिमात्रै होइन, वन्यजन्तुले बालीनाली सखाप पारिदिनेदेखि लिएर मध्यवर्ती क्षेत्रमा स्थानीय बासिन्दाको भौतिक संरचनामा पनि क्षति पुर्‍याउँदै आएका छन्। मंगलबारको बैठकमा पनि बोल्ने सांसदहरूले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखे। 

एमाले सांसद बिमला बिक बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जनावरबाट मध्यवर्ती क्षेत्रका जनता आतंकित भएको बताउँछिन्। ‘दिनहुँजसो बाघको आक्रमणबाट मृत्यु र घाइते हुने क्रम बढेको छ। यहाँका नागरिक हरेक वर्ष वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाइरहेका छन्,’ उनले सरकारलाई प्रश्न गर्दै भनिन्, ‘जनावर र नागरिकबीचको द्वन्द्व कहिलेसम्म राख्ने? सही व्यवस्थापन कहिले हुन्छ?’

उनले बर्दियामा वन्यजन्तु राख्नसक्ने क्षमता कति हो? त्यसका लागि विज्ञको टोली बनाएर अध्ययन गर्न माग राखिन्। एमालेकै सांसद शेरबहादुर तामाङले पनि वन्यजन्तुको संरक्षणका नाममा मान्छे मार्न पाइन्छ कि पाइँदैन भन्दै प्रश्न गरे। उनले वन्यजन्तुको आक्रमणबाट जोगाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका नागरिकमाथि प्रहरीले गोली चलाएपछि यस्तो प्रश्न गरेका हुन्।

Ncell 2
Ncell 2

‘वन्यजन्तुलाई संरक्षण गर्ने, मानिसलाई गोली ठोकेर मार्ने काम गर्नुभएन,’ उनले भने, ‘सरकारले प्रभावकारी काम गरोस्।’ लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले वन्यजन्तुको आक्रमणबाट नागरिकले ज्यान गुमाउनु परिरहेको भन्दै ठोस कदम चाल्न सरकारसँग माग गरे। 

‘पर्सामा ठोरी गाउँपालिका छ, त्यहाँ मानिस जंगलभित्र बसेका छन्। त्यहाँका मानिस रुन्छन्,’ उनले भने, ‘जनावरले आएर हामीलाई मारिदिए केही पनि हुँदैन हामीले जनावर मारिदिए जेल बस्नुपर्छ। यहाँ मानिसको मूल्य छैन।’

उनले सरकारले निकुञ्ज तथा आरक्षमा कति जनावर राख्ने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ध्यान दिनुपर्ने बताए। उनले त्यस्ता स्थानमा सरकारले तारबार लगाउनेलगायतका संरक्षणका विषयमा कुनै कार्यक्रम नगरेको बताए। 

जवाफमा गृहमन्त्री बालकृष्ण खाणले वन्यजन्तुबाट आम नागरिकलाई आक्रमण हुनबाट बचाउनका लागि सरकार गम्भीर रहेको बताए। ‘त्यसका लागि तत्कालै त्यस क्षेत्रमा तारबार लगाउने, सम्बन्धित मन्त्रालयले बजेट तत्काल व्यवस्थापन गर्नेछ,’ उनले भने, ‘वन्यजन्तुको पनि रक्षा गर्नुपरेको छ। नागरिकको पनि रक्षा गर्नुपरेको छ।’

उनले निकुञ्ज तथा आरक्ष क्षेत्र आसपास बस्तीको अधिकाशं भाग वन्यजन्तुको मार्ग पनि पर्ने भएकाले समस्या हुने गरेको बताए। ‘हामीले निकुञ्ज र आरक्ष पनि बनाएका छौं। जिवजन्तुको रक्षा गर्ने भनेर अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतिबद्धता पनि गरेका छौं,’ उनले भने, ‘कतिपय निकुञ्जमा आवश्यकताभन्दा बढी वन्यजन्तु भएर आफ्नो क्षेत्रभन्दा बाहिर मानवबस्तीमा आएका हुन् कि यसतर्फ पनि हामी संवेदनशील हुनुपर्छ।’

उनले देशका विभिन्न भू–भागमा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्ने गरेको भन्दै सरकार घटना दाहोरिन नदिनका लागि गम्भीर भएको बताए। ‘आक्रमण कसरी रोक्ने, त्यसको कार्ययोजना ल्याएर नै नागरिकको जीवन रक्षाका लागि ठोस कार्यक्रम गर्नुपर्दछ,’उनले भने।
 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आर्थिक वर्ष ०७७/७८ को तथ्यांक हेर्दा वन्यजन्तुबाट देशभर ४० जनाको मृत्यु भएको छ। यो विभागले निकुञ्ज र आरक्षअन्तर्गत भएका घटनाको विवरण उल्लेख गरेको हो। राष्ट्रिय वन क्षेत्र लगायतका स्थानमा पनि वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने गरेका छन्। 

विभागकै तथ्यांक अनुसार गत आर्थिक वर्षमा ६७ जना सख्त घाइते र ९८ जना सामान्य घाइते भएका थिए। ‘संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयिकरण एवं संकुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेका कारण घटना हुने गर्दछन्,’ विभागको प्रतिवेदनमा भनिएको छ।
 
हात्ती, बाघ, गैंडा, हिउँ चितुवा, हिमाली कालो भालु, काठे भालु, बाँदर लगायतका वन्यजन्तुको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते बनाई मानवीय क्षति र वन्यजन्तुबाट बालीनाली, घर, गोठको क्षति हुने गरेको छ। 

विभागले पनि पछिल्ला वर्षहरूमा मानव–वन्यजन्तु द्वन्द्व एक गम्भीर समस्याको रूपमा देखा परेको उल्लेख गरेको छ। मानव–वन्यजन्तुबीचको द्वन्द्वलाई पनि विभागले प्रमुख चुनौतीका रुपमा लिएको छ। 

प्रत्येक वर्ष निकुञ्ज तथा आरक्ष क्षेत्रअन्तर्गतका मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तुबीचको द्वन्द्व कम गर्नका लागि विभागले सचेतनामुलक कार्यक्रमहरू गर्दै आइरहेको छ। 

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९(तेस्रो संशोधन, २०७५) अनुसार विभागले वन्यजन्तुबाट भएको मानवीय क्षति, पशुधन क्षति, अन्नबाली क्षति, घरगोठ लगायतको क्षतिमा राहत उपलब्ध गराउदै आएको छ। 

मृत्यु भएमा दशलाख, सख्त घाइते भएमा दुई लाख र सामान्य घाइतेलाई २० हजार रुपैयाँ राहत उपलब्ध गराउँदै आएको छ। अन्य क्षतिको हकमा पनि निर्देशिकामा उल्लेख भए अनुसार राहत उपलब्ध गराउँदै आइरहेको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  २०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत जेनेभामा जारी सङ्गठनको ७८ औँ महासभाका क्रममा नेपाल दक्षिण पूर्वी एसिया क्षेत्रबाट सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो। शुक्रबार, जेठ ९, २०८२
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले ऐनको विरुद्धमा राजनीतिक स्वार्थको व्यक्तिलाई गैरकानुनी रुपमा नियुक्त गर... शुक्रबार, जेठ ९, २०८२
लामिछाने र जोशीको मुद्दाको सुनुवाइ सकियो, आजै आदेश आउने शुक्रबार जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए। शुक्रबार, जेठ ९, २०८२
ताजा समाचारसबै
नेपाल विश्व स्वास्थ्य सङ्गठनको कार्यकारी सदस्यमा सर्वसम्मत शुक्रबार, जेठ ९, २०८२
बेलायती प्रसिद्ध पत्रिका द टेलिग्राफ अमेरिकी स्वामित्वमा लाने सहमति शुक्रबार, जेठ ९, २०८२
गभर्नर पौडेलविरुद्ध सर्वोच्चमा रिट पेस शुक्रबार, जेठ ९, २०८२
जापानमा चामलको मूल्यमा उच्च वृद्धि शुक्रबार, जेठ ९, २०८२
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
‘टिकटक गर्ल’को हनी ट्रयापमा पारेर काठमाडौंमा घर–जग्गाकाे बार्गेनिङ, २ महिला पक्राउ बिहीबार, जेठ ८, २०८२
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
विवादास्पद अभिव्यक्ति पछि बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्