• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी कोही किन मन्त्री होस्! मन्त्रिपरिषद् हेरफेरमा विस्तारित विकृति
64x64
किशोर दहाल सोमबार, असार २०, २०७९  १५:३७
1140x725

काठमाडौं- आन्तरिक विवाद चुलिएर विभाजन कुरिरहेको जनता समाजवादी पार्टीका तर्फबाट तीन मन्त्री नियुक्त भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा मोहम्मद इश्तियाक राई, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरण मन्त्रीमा प्रदीप यादव नियुक्त भएका हुन्। यसअघि ती मन्त्रालयमा क्रमशः रेणु यादव, महिन्द्र राय यादव र रामसहायप्रसाद यादव मन्त्री थिए। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ भने यथावत् छन्।

एक हप्ताअघि नै अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बसेर मन्त्रिपरिषद्‌मा पठाइएका आफ्ना सदस्यहरू फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको थियो। पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई खबर नगरिएको भनिएको बैठकले निर्णय लिएपछि सो पार्टीभित्रको शक्ति सन्तुलनमा पनि व्यापक परिवर्तन आइसकेको छ। कुनै बेला शक्तिशाली देखिएका भट्टराई अहिले कमजोर भएका छन्। परिस्थिति आफू अनुकूल भएपछि यादवले आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सूची बुझाएका थिए।

पार्टीभित्रको विवादमा यसअघि भट्टराईलाई साथ दिएकाहरूलाई समेत मन्त्री बनाएर यादवले पार्टीभित्र आफूलाई थप शक्तिशाली साबित गर्ने आधार तयार गरेका छन्। जसपा विभाजन नै भएछ भने पनि यादवले कमभन्दा कम क्षतिको पूर्वतयारी गरिरहेका थिए। मन्त्रिपरिषद्‌मा गरिएको पछिल्लो हेरफेरको औचित्य पनि त्यति नै हो।

यो पनि पढ्नुहोस्

‘ओली दृष्टि’ : पहिले अक्षम र विवादित मन्त्री, अहिले तिनै क्षमतावान् !शनिबार, जेठ २२, २०७८

प्रतिनिधि सभाको निर्वाचनका लागि ५/६ महिना समय बाँकी छ। त्यसैले नवनियुक्त मन्त्रीहरू बढीमा त्यही हाराहारीमा आफ्नो पदमा रहन पाउनेछन्। नयाँ निर्वाचन हुने भएकाले प्रतिनिधि सभाको आयु त्यसभन्दा झनै छोटो छ। त्यसैले मन्त्रीहरूले नयाँ र प्रभावकारी कानुन वा नीति बनाउने र कार्यान्वयन गर्ने सम्भावना ज्यादै न्यून छ। त्यहीमाथि पार्टीभित्रको तानातानमा मन्त्रीको चिठ्ठा परेकाहरूबाट बढी अपेक्षा राख्नु पनि सान्दर्भिक छैन।

एक हप्ताअगाडि मात्रै नेकपा एकीकृत समाजवादीका तर्फबाट पनि पुराना चार मन्त्रीहरू फिर्ता भएका थिए। त्यतिबेला नयाँ तीन मन्त्री र एक राज्यमन्त्रीले अवसर पाएका थिए। एक राज्यमन्त्रीको मन्त्रीमा बढुवा भएको थियो। सो पार्टीका तर्फबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएका थिए। त्यस्तै, हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बनाइए। खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीमा देउवा : ‘बदनाम पात्र’ले पाएको अर्को अवसरमंगलबार, असार २९, २०७८

दलीय प्रणालीमा दलले आवश्यकता बोध गरेका बेला मन्त्री हेरफेर सामान्य विषय हो। कोही मन्त्रीले अपेक्षाअनुसार काम गर्न नसके, विवादमा परे, पार्टीका नीतिहरू उल्लंघन गरे वा यस्तै केही कारणबाट सम्बन्धित दलले सम्बन्धित मन्त्री हेरफेर गर्नु सामान्य विषय हो। त्यस्तो विगतमा पनि भएकै छन्। भविष्यमा पनि हुने नै छ। किनकि, यस्तो हेरफेरमा औचित्य पुष्टि हुन्छ। तर, पछिल्ला हेरफेर औचित्यभन्दा आशंका स्थापित भएका छन्।

यी दुवै पार्टीले गरेको हेरफेरको आम औचित्य स्थापित हुन सकेको छैन। बरु पार्टीभित्रका दृश्य/अदृश्य आश्वासन,  महत्त्वाकांक्षा र शक्तिलाई आफ्नो पक्षमा पार्ने खेलको प्रतिफल नै मन्त्रिपरिषद्‌मा हेरफेरको कारण हो भन्ने स्पष्ट छ। पालो पुर्‍याएर मन्त्री बन्ने र लाभ लिने, चुनावका लागि स्रोत जम्मा गर्ने जस्ता कामका लागि मन्त्री पद उपयुक्त ठाउँ भएको खुला सत्य हो।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् हेरफेर, जसपाका तीन फिर्ता, तीन नियुक्तसोमबार, असार २०, २०७९

सन्दर्भ यस्तो छ कि, बजेट घोषणा हुनेभन्दा अघिल्लो दिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा अनधिकृत व्यक्ति बोलाएर बजेटका संवेदनशील मानिएका राजस्वका दरमा परिवर्तन गराएको घटनाले राजनीति तरंगित छ। उनले राजीनामा दिने, दलले फिर्ता बोलाउने वा प्रधानमन्त्रीले पदमुक्त गर्ने त परका कुरा भइहाले, उनीमाथि छानबिन समेत हुने सम्भावना पनि टर्दै गएको छ। बरु, एउटा प्रमाण मानिएको सीसीटीभी फुटेजसमेत मेटिएको भनेर अविश्वसनीय जवाफ दिएको विषय सार्वजनिक भइसकेको छ।

'आर्थिक अपराध' गरेका भनिएका अर्थमन्त्री शर्मा पदमै रहनुपर्ने, तर सार्वजनिक विवादमा नफसेका मन्त्रीहरू सामूहिक रुपमा हटाइनुको कारण के? प्रधानमन्त्रीले जवाफ दिनुपर्दैन? सम्बन्धित दलले जवाफ दिनुपर्दैन? कि, अब ६/८ महिनाका लागि मन्त्री बन्ने र बाँडिचुँडी खाने पद्धति स्थापित गर्न लागिएको हो?

यसरी कुबेलामा र सार्वजनिक रुपमा औचित्य स्थापित गर्न नसक्ने गरी मन्त्रीहरू हटाउने र बनाउने काम गर्दा मन्त्रालयको काम त प्रभावित हुन्छ नै, मन्त्री जस्तो ठूलो जिम्मेवारी पनि ‘केटाकेटी खेल’ जस्तो बन्न पुग्छ। त्यसले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र चलखेल सिर्जना गर्ने मात्रै होइन, कालान्तरमा यस्तै ६/८ महिनामा आलोपालो गर्ने परम्परा स्थापित हुनसक्छ। यस्तो हुँदै जाँदा अन्य विकृति बढ्न जान्छ। मन्त्रीहरूले पनि निरन्तर जवाफदेही हुने खालका निर्णय गर्नेभन्दा लोकरिझ्याइँ र स्वार्थप्रेरित निर्णय गर्ने सम्भावना बढ्छ। मन्त्री बन्नुको 'उद्देश्य' पूरा गरिहालौँ भन्नेतिर अग्रसर बनाउँछ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् नयाँ थपिएका मन्त्रीहरू आइतबार, असार १२, २०७९

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध हुने धेरै कारणमध्ये एक हो, उनले मन्त्रिपरिषद्‌मा अस्वभाविक रुपमा गर्ने गरेको हेरफेर। ओलीले विवादमा फसेर मन्त्री पदबाट मुक्त गराएका शेरबहादुर तामाङलाई पछि पुनः मन्त्री बनाए। आफ्नै कामबाट बदनाम भएका रघुवीर महासेठलाई पहिले पदमुक्त गरे र पछि पुनः मन्त्री बनाए।

सुरुवातमा उपप्रधानमन्त्री नै नबनाउने नीति लिएका उनले पछि लाइन लगाए। जसपाको आधिकारिक निर्णयबिना नै आफूलाई साथ दिने एक पक्षका नेताहरूलाई मन्त्री बनाइदिए। आफैंले तय गरेको मानक भत्काउँदै तत्कालीन प्रधानमन्त्री ओलीले 'गरिखाऊ भाइ हो' शैलीमा मन्त्री बनाउने गरेका थिए। जसको त्यतिबेला नैतिकता र संवैधानिक मान्यताको कोणबाट आलोचना भएको थियो। उनको कदमलाई रोक्न स्वयं सर्वोच्च अदालतले नै एक आदेशद्वारा एकैदिन २० मन्त्रीलाई पदमुक्त समेत गराएको थियो।

ओलीले त्यसै गरेका थिए भनेर देउवाले छुट पाउँदैनन्। ओलीले ‘प्रतिगमन गरे’ भनेर देउवासहितका नेताहरूले संघर्ष गरेर बचाएको संसद् हो, बनाएको सरकार हो। उनीबाट संवैधानिक मान्यताको उल्लंघन र जवाफदेहीताविहीन निर्णय गर्ने जस्ता कदम क्षम्य हुनसक्दैन।

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
एसिसी पुरुष  यु–  फाइनलमा पुग्न नेपाललाई सामान्य लक्ष्य बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्