काठमाडौं- मगन ईन्टरटेनमेन्टको निर्माण र रजिन महर्जनको छायांकन तथा निर्देशनमा नेपालभाषाको गीत“व मनू सू मनू?” अर्थात् “त्यो मान्छे को हो?” बोलको म्युजिक भिडियो असार २० गते सोमवार कीर्तिपुर सिनेप्लेक्स्मा प्रिमियिर शोको आयोजना गरेर सार्वजनिक गरिएको छ।
संगितकार भुवन महर्जनको शब्द संगीतमा तयार भएको उक्त गीतमा गायक राजेन्द्र डंगोलले स्वर दिएका छन् भने संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन्।
कीर्तिपुरको इतिहासमा एक फरक विशेषता भएको पात्रको चरित्रलाई यस म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ। करिब १५ बर्ष अगाडि कीर्तिपुरमा भारी बोक्ने कार्य गर्ने पात्रको कथा यस म्यूजिक भिडियोमा समेटीएको छ।
किर्तिपुरबासीले ‘बिजय’भनेर चिन्ने उक्तपात्रको सडक जीवनलाई भिडियोमाअभिव्यक्त गरिएको हो।प्रिमियर शोका प्रमुखअतिथि बरिष्ठ कलाकार मदन दास श्रेष्ठले निर्देशकको कलाकार चयन तथा सानो सानो पक्षलाई समेत महत्वका साथछायांकन गरेको कुरालाई बिशेष जोड दिए।
साथै उनले यस म्युजिकभिडियोका मुख्यकलाकार लक्ष्मीकुमार महर्जनको अभिनयलाई निकै तारिफ गर्नु भएको थियो।
निर्देशक रजिनमहर्जनले यस भिडियो नेपालभाषामानिर्माणहुने परम्परागत श्रब्य दृश्य समाग्रीहरु भन्दा फरक शैलीको निर्माणभएको र नेपाल भाषा फिल्म मेकिङ्ग सेक्टरको इतिहासमा क्रान्तिकारी कदम हुने बताए।
नेपाली, हिन्दी, चाइनिज र अंग्रेजीभाषाको सबटाइटल सहित मगन इन्टरटेन्मेन्टको यूट्यूवच्यानलमार्फत सार्वजिनिक गरेको यस म्यूजिकभिडियोमादेवेन्द्र महर्जन, बुद्धलक्ष्मीमहर्जन, नरेन्द्र महर्जन, ज्ञानीशोभामहर्जन तथाधनबहादुर महर्जन लगायतकलाकारहरुको पनिअभिनय रहेको छ ।यस म्यूजिकभिडियोलाई कीर्तिपुरको बिभिन्न स्थानहरुमाछायांकनगरिएको छ।
पवन प्याकुरेलको निर्माण नियन्त्रणमा बनेको यो भिडियोको कलर ग्रेडिङ्ग सन्जिव रत्न शाक्यले गरेका हुन् भने सहायक निर्देशन बिक्रम महर्जनले र कला निर्देशन रेलिजा श्रेष्ठले गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।