काठमाडौं– गायक चक्र बम र गायिका अनिता चलाउनेको नयाँ गीत ‘खेल मेरी दर्कादरी’ सार्वजनिक भएको छ। गीतको शब्द र संगीत गायक बमकै रहेको छ।
सुदूरपश्चिमको देउडा भाकामा आधारित गीतको मेलोडी संकलन रोहित देउवाले गरेका हुन्। गायक बम र गायिका चलाउनेले नै अभिनय गरेको गीतको निर्देशन शिव बिकेले गरेका हुन्।
गीतमा समूह गायन रतन देवकोटा, जेपी रेग्मी, सुनिल नेपाली, प्रवीण सुनार, रोहित देउवा, स्मृति शाही, पुष्पा बोहरा, सारिका घिमिरे, रेजिना परियार आदिले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।